December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

गोरखामा स्थानीयको सेवा प्रवाहमा थप प्रभावकारी बनाउने कार्यक्रम सम्पन्न

गोरखा, गोरखामा स्थानीयवासीको सेवा प्रवाहमा थप प्रभावकारी बनाउन आयोजना गरिएको राय, सुझाव, सल्लाह कार्यक्रम आज सम्पन्न भएको छ ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक शेखर खनाल, उप अनुसन्धान निर्देशक टेकराज तिमिल्सेना समेतको टोलीले आइतबार चुमनुब्री गाउँपालिकास्थित विभिन्न स्थानहरुको भ्रमण गरेका छन् ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय गोरखा मातहत प्रहरी चौकी जगत र प्रहरी चौकी सिर्दिबासको निरीक्षणका क्रममा कार्यरत सबै प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनसमेत दिएका हुन् ।

सोही अवसरमा चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सोही पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष तथा स्थानीय जनताहरु सम्मिलित अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागी भएका थिए ।

यस्तै कार्यक्रममा उक्त क्षेत्रको शान्ति सुव्यवस्था सम्बन्धमा स्थानीयवासीहरुको जिज्ञासा, प्रहरीप्रतिको अपेक्षा, कमी कमजोरी तथा प्रहरी सेवा प्रवाहलाइ थप प्रभावकारी बनाउन राय सुझाव समेत संकलन गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको