December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

संविधानको रक्षार्थ अगाडि बढ्न खोज्दा घेराबन्दी: सभामुख सापकोटा

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले संविधानको रक्षार्थ अगाडि बढ्न खोज्दा घेराबन्दी भएको बताएका छन् । आज नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रममा सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीसामू निक्कै ठूलो चुनौती खडा भएको छ । संघीय संसद्लाई चलयामान बनाउने, संविधानको रक्षार्थ प्रतिनिधिसभा दृढतापूर्वक अगाडि बढ्न सुरु गर्‍यो, त्यहींबाट घेराबन्दी हुन थाल्यो । निकै ठूलो घेराबन्दी भइरहेको छ । अनेकखालका टिप्पणी भइरहेका छन् ।’

प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउन लागिरहेको अवस्थामा धेरै मान्छेलाई संसद्‌बारे भ्रममा पारिएको सभामुख सापकोटाको भनाइ छ । ‘धेरै मान्छेलाई केही समय भ्रममा पार्न सकिन्छ । केही मान्छेलाई सधैंभरी भ्रममा पार्न सकिन्छ, सबै मान्छेलाई सधैंभरी भ्रममा पार्न सकिँदैन,’ उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको