December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

नेता थापा पुनः गृहमन्त्रीमा नियुक्त, आजै शपथ ग्रहण गर्ने

काठमाडौं, पदबाट मुक्त भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सोही मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार राष्ट्रपति विद्या भण्डारीले आज साँझ ५ बजे शितल निवासमा उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको हो ।

गृहमन्त्री बादललाई नेकपा (माओवादी केन्द्र) ले कारबाही गरेपछि उनी राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका थिए । संविधानको व्यवस्थाअनुसार उनलाई प्रधानमन्त्री अ‍ोलीले पुनः सोही पदमा नियुक्त गरेपछि उनी आइतबार पुनः सोही पदमा शपथ लिदै छन् ।

शीर्ष समाचार

धेरै पढिएको