December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार बस्दै

file photo

काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार बस्ने भएको छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार भोलि बिहान ११ बजे बस्ने गरी पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।

बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे जानकारी गराउने उनले बताए । ‘भोलि बैठक बोलाइएको छ । अब नयाँ सरकार बन्ने भए पनि नभए पनि यो सरकारलाई समर्थन नरहेको जानकारी गराउँछौँ,’ श्रेष्ठले भने ।

शीर्ष समाचार

धेरै पढिएको