
काठमाडौं – पानी परिरहेकाे छ युवाहरु प्रधानमन्त्रीकाे समर्थनमा भिजेरै प्रदर्शन गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा अोलीको पक्षमा शुक्रबार पनि माइतीघरमा प्रदर्शन भएको छ । पार्टीभित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरूले केही दिनयता उनलाई हटाउन नपाइने भन्दै दिनै विच्छे युवाहरु सडकमा प्रदर्शन गरिरहेका छन् ।
उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमणको जोखिम बढिरहेकाे छ तर प्रधानमन्त्रीका समर्थकको प्रदर्शनमा भने प्रभाव परेको देखिँदैन । नत काेराेना संक्रमित हाेला भन्ने डरनै छ । प्रदर्शनमा उत्रिएका युवाहरुले देशकाे मुहार हाम्रो भविष्य हाम्रो सरकार , जस्ता ब्यानर बाेकेका छन् जसकाे अायाेजना भने राष्ट्रका लागि युवा सञ्जाल नेपाल ले गरेकाे छ ।





