March 19, 2024, Tuesday
२०८० चैत्र ६, मंगलवार

कोरोना संक्रमणबाट लुम्बिनी प्रदेशमा थप ४ जनाको मृत्यु

काठमाडौं, गएराति करिब पाँच घन्टाको अन्तरालमा लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता डिएसपी सत्यनारायण थापाका अनुसार साँझ ५:५० बजे जादा भैरहवा मेडिकल कलेज रुपन्देहीको मायादेवी  गाउँपालिका ५ की ६५ वर्षीया महिलाको कोरोना  संक्रमणबाट मृत्यु भएको छ ।

नेपालगन्जको भेरी कोरोना विशेष अस्पतालमा  साँझ ७ बजे  बर्दियाको राजपुर गाउँपालिका–१ का ७३  वर्षीय पुरुष, ७ : ४० बजे  बाँके जिल्लाको  बैजनाथ गाउँपालिका–८ की ७८ वर्षीया महिला  र  दैलेखको नारायण गाउँपालिका –१ की ६८  वर्षीया महिलाको ९ बजेको समयमा कोरोना संक्रमणबाट मृत्यु भएको भेरी कोरोना विशेष अस्पतालले जनाएको छ । यस्तै हाल सम्म भेरी अस्पतालमा ९६ जना संक्रमितमध्ये ६० जनाको मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको