April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

तपाइँको आजको राशिफल: वैशाख ५ गते, आइतबार

काठमाडौं, आज मिति २०७८ वैशाख ५ गते आइतबार, इस्वीसंवत अप्रिल १८ तारिक सन् २०२१ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ३९ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ३० मिनेटमा हुनेछ ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज पनि दिन र समय शुभ छ । व्यवसायिक प्रगति भइ राम्रो धनार्जन हुनेछ । आत्मसन्तुष्टि मिल्ने छ । विरोधीसँगको प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने तथा विजय भइनेछ । लौकिक प्रभुत्व बढ्ने तथा शत्रुपक्षलाई झुकाउन सकिने योग छ ।

वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै खराब छ । बोलिचाली एवं व्यवहारमा सोँचविचार र सावधानी अप्नाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन सृजना हुन सक्ने गोचरको प्रभाव छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो छ । जोस जाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । आज यहाँलाई कुनै कन्यालाई सेतो वस्तु दान दिनु उपयुक्त हुनेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जान पहिचानका व्यक्तिबाट प्रशंसा पाइनेछ ।

कर्कट : आज कर्कट राशिका लागि आज पनि समय खराव रहनेछ । दिनभर होसियारी रहनुपर्ने देखिएको छ । विनाकारण कसैसँग वादविवाद तथा मनमुटाव हुन सक्ने सम्भावना रहेको छ । व्यवहारमा जरुरी सम्बन्ध मात्रै राख्नु उपयुक्त हुनेछ । आज पारिवारिक समस्याको पनि सामाना गर्न पर्नसक्ने छ ।

सिंह : आज सिंह राशिका लागि समय शुभ छ । दिन खुशी एवं उत्साह र उमङ्गिलो भएर बित्ने देखिन्छ । इष्टमित्रहरुको आगमनले पारिवारिक वातावरण रमाइलो हुनेछ । पेशा तथा व्यवसायका कामहरु थ्पिन सक्ने छन् । दिनचर्या व्यस्त नै रहनेछ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । खर्च बढ्न सक्ने देखिएको छ भने कार्यक्षेत्रमा पनि अल्लि बढी मेहनत गर्नुपर्ने छ । शुरुमा केही अपजस पनि खेप्न नपर्ला भन्न सकिन्न ।

तुला : तुला राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य तथा दिन राम्रो रहनेछैन । विलासी प्रवृति बढ्ने गोचर परेको छ । तर पनि अभिष्ट चाहना पूरा गराउन केही अल्झनको सामना गर्नपर्ने देखिएको छ । तथापि दाम्पत्य सुखमा केही विकास हुन सक्ने छ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय खराब छ । आक्रोश एवं रणनीतिक भूमिकाको चेष्टा हुन सक्ने छ । अध्ययन आदि प्राज्ञिककर्ममा सफलता एवं नीतिगत कार्यमा सम्मान पनि नमिल्ला भन्न सकिन्न । कुट्नैतिक कार्य तथा प्रस्तुतिमा सफलता र प्रशंसा पाइने छ ।

धनु : धनु राशिका लागि आज पनि समय राम्रै रहनेछ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुनेछ । समाज सेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ ।

मकर : मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । पेशागत कार्यमा उपयुक्त सफलता मिल्नेछ । अनुकूल गोचरप्रभावको सदुपयोग गरी व्यवसायबाट प्रचुर लाभ गर्नसकिने छ । पुरुषार्थ बृद्धि हुने रसोवापत मान्छेहरुबाट प्रसंशा मिल्ने छ ।

कुम्भ : कुम्भ राशिका लागि आज समय खराब नै रहनेछ । आज पूर्व दिशाको यात्रा सकभर नगर्नुहोला । वाणीमा दोषलाग्न सक्छ, बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा केही अवरोध पनि नआउला भन्न सकिन्न ।

मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछन् । आज गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परेपनि निराश नभई आफ्नो कार्य सम्पादन गर्नुहोला ।

शीर्ष समाचार

धेरै पढिएको