May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

दाउन्नेमा बस दुर्घटना हुँदा ३१ जना घाइते, पाँचको अवस्था गम्भीर

  • 1
    Share

परासी, बुटवल नारायणगढ सडकमा पर्ने पूर्वी नवलपरासीको दाउन्ने पहाडबाट यात्रु बस खस्दा ३१ जना घाइते भएका छन् । ती घाइतेमध्ये ५ कोअवस्था गम्भीर छ भने उनीहरूको परिचय खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका नायब उपरीक्षक दिलिपकुमार गिरीति शनिबार अनुसार बुुटवलबाट नारायणगढतर्फ जाँदै गरेको  ना ५ ख ७००० नम्बरको बस पहाडबाट २ सय मिटर तल खसेको हो ।

यस्तै बसमा ३१ जना यात्रु थिए भने उनीहरू सबै घाइते भएका हुन् । सांझ ६ बजे भएको दुर्घटनामा परेर घाइते सबैको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भई रहेको प्रहरीले जनाएको छ । 
बस अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको