March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुँदैछ: बाबुराम भट्टराई

file photo

काठमाडौं, कर्णाली प्रदेश सभामा पार्टीको ह्विपविपरीत एमालेका ४ सांसदले माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि देशको राजनीतिमा बिन्नै तरंग पैदा भएको छ ।

यस विषयमा एमालेकै दुई खेमा तथा अन्य दलका नेताहरूबाट विभिन्न खालका प्रतिक्रिया व्यक्त भइरहेका छन् । यहीँ क्रममा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गण्डकी र कर्णाली प्रदेशको सन्देश बेलैमा बुझ्न सम्बन्धित पक्षलाई चेतावनी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा ट्विटरमा लेखेका छन्, ‘मूल्य/मान्यताको राजनीतिलाई कानुनी भ्रम जालले छोप्ने दुष्प्रयास नगरौं। कुनै घटनाको मुख्य चालकतत्त्व बाह्य हैन, आन्तरिक हुन्छ भन्ने नभुलौं। सत्ताभन्दा सत्य बलवान् हुन्छ भन्ने नबिर्सौं। भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुँदैछ प्रतीक्षा गरौं !’

शीर्ष समाचार

धेरै पढिएको