April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

बाँकेमा सडक दुर्घटना हुँदा चालकसहित पाँचको मृत्यु, ४१ जना घाइते

बाँके, बाँकेमा सडक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार बेलुकी ६ बजे भएको सो दुर्घटनामा ४१ जना घाइते भएका छन् भने ती मध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।

सुर्खेतबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको (अनटेस्ट) टिपर कोहलपुर चपरगौढी नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार उक्त दुर्घटनामा परी टीपरका चालकसहित दुई जना र बसमा सवार तीन जना गरी पाँच जनाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालले घाइतेहरुलाई अस्पताल पुरयाउने र मृतकहरुको सनाखत गर्ने काम भैरहेको बताएका छन् ।

उनका अनुसार कोहलपुर चप्पर गौडीस्थित नेपाली सेनाको चेकपोष्टदेखी करिव एक किलोमिटर पुर्व जंगलमा उक्त दुर्घटना भएको जनाउँदै डिएसपी खनालले घाइतेहरू मध्ये सात जना गम्भीर १४ जना मध्यम र २० जना सामान्य रहेको बताए ।

यस्तै घाईते सबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको छ । दुर्घटनाको खबर पुगे लगत्तै कोहलपुरबाट गएको प्रहरीले क्रेनको सहयोगले घाइतेहरुको उद्धार गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको