November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

नेपालमा काेराेना संक्रमित बढ्दो, एकै दिन थपिए ८३६ जना

काठमाडौं, पछिल्लो समय नपालमा काेराेना संक्रमितको संख्या पुनः बढ्दै गएको छ। गएको २४ घण्टामा नेपालम ८३६ काेराेना धसंक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार ५५७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८३६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी ६३१ वटा एन्टिजिन परीक्षणमा ६४ जना सङ्क्रमितको पहिचान गरिएको छ । नेपालमा कुल संक्रमितको संख्या दुई लाख ८२ हजार ८०९ जना पुगेको छ।पछिल्लो चौबीस घण्टामा २०८ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म २ लाख ७४ हजार ८१२  जना निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले ४ जनाकाे मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ३ हजार ७० जनाको मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको