May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

  • 2
    Shares

पर्सा, वीरगन्ज महानगरपालिका–२ की ४२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत चैत २९ गते अस्पताल भर्ना गरिएको उनको सोही दिन पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण भएसँगै अस्पतालकै आइशोलेशन वार्डमा भर्ना गरेर उपचारको क्रममा बिहीबार बिहान सवा ८ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिएका छन् ।

यसअघि गत मंगलबार नारायणी अस्पतालमै पर्साका १ र बाराका १ जना गरी २ जना संक्रमितको मृत्यु भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको