November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

केराउ, छोकडा, मरिच र सुपारीको कोटा वितरण स्थगित

काठमाडौं, सरकारले परिमाणात्मक रुपमा खुलाएको केराउ, छोकडा, मरिच र सुपारीको कोटा वितरण स्थगित गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोटा पूरा भएपछि स्थगित गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।

२०७६ चैतदेखि आयातमा प्रतिबन्ध लगाइएका यी वस्तु २०७७ चैत ९ गते राजपत्रमा सूचना प्रकाशित गर्दै परिमाणात्मक रुपमा खुलाइएको थियो ।

सोही राजपत्र अनुसार केराउ ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी विदेशबाट आयात गर्न पाइने, सुपारी २५ हजार मेट्रिक टन र छोकडा ५ हजार मेट्रिक टन आयात गर्न पाइने गरी पुनः खुल्ला गरिएको थियत्यस्तै, नधुल्याइएको मरिच वार्षिक १५ हजार मेट्रिक टन आयात गर्न पाउने गरी चैत ९ गते राजपत्रमा सूचना प्रकाशित गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको