May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

एमालेका सांसद झपट रावलको घरमा ढुंगा प्रहार

  • 15
    Shares

काठमाडौं, नेकपा एमालेका सांसद झपटबहादुर रावल बस्ने घरमा ढुंगा प्रहार भएको छ । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा उनले काठमाडौंको शान्तिनगर स्थित आफ्नो घरमा ढुंगामुढा हुँदा प्रहरीले वेवास्ता गरेको आरोप लगाएका हुन् ।

बुधबार राति पौने १२ बजेमा पार्किङको विषयमा विवाद भएको थियो । बाटोमा पार्किङ गरेको मोटरसाइकलको हावा खुस्काएपछि आक्रोशित समूहले हुलदंगा गरेका थिए । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दक्ष कुमार बस्नेतले हुलदंगा गर्नेहरुलाई छलफलमा बोलाइएको बताएका छन् ।

ढुंगा प्रहारबाट घरमा क्षति भने पुगेको छैन् । विवाद भएको खबर आउनासाथ तत्काल प्रहरी पुगेको डिएसपी बस्नेतले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको