May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

राष्ट्रपति भण्डारीद्वारा वरिष्ठ प्रहरी उपरीक्षक दिपक थापा बिभुषित

  • 13
    Shares

काठमाडौं, प्रहरी प्रधान कार्यालय काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दिपक थापा प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा बिभुषित भएका छन् ।

नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पुर्‍याएका उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै नयाँ बर्ष बैशाख १ गते बुधबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा बिभुषित भएका हुन् ।

संबिधान दिवश २०७७ सालको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिभुषण प्रदान गर्ने घोषणा बमोजिम प्रवल जनसेवाश्री चतुर्थ श्रेणी प्रदान गरिएको हाे ।

अहिलेसम्म १४ वटा जिल्लामा प्रहरी प्रमुखको रूपमा काम गरेका एसएसपी थापा चितवन, खोटाङ, मकवानपुर, मोरङ, सुनसरी, रौतहट, रुकुम, डोटी, बैतडी, काभ्रे अपराध महाशाखा काठमाडौंमा हाल प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत छन् ।

शीर्ष समाचार

धेरै पढिएको