May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न

  • 106
    Shares

काठमाडौं, नयाँ वर्षको अवसरमा गुफा पोखरी समाज, काठमाडौंले आयोजना गरेको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । संखुवासभा, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सङ्गम स्थलमा अवस्थित गुफा पोखरी संस्थाले बैशाख १ गते, बुधबार काभ्रेपलान्चोकको नमोबुद्वमा उक्त कार्यक्रम समापन गरेको हो ।

जिल्लाका प्रसिद्ध स्थलहरुको प्रचारप्रसारका साथै व्यवस्थित तरिकाले पर्यटक भित्र्याउने र विकसित समाज निर्माण गर्ने मुल उदेश्यका साथ गुफा पोखरी समाजको स्थापना गरिएको उक्त संस्थाका अध्यक्ष दिनेश चन्द्र खनालले बताएका छन् । कार्यक्रममा नयाँ वर्षको शुभकामना दिँदै उनले केन्द्रमा बसेर पर्यटकीय क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

संस्थाका अध्यक्ष दिनेश चन्द्र खनाल र उनका श्रीमती सर्मिला शेर्पा
नमोबुद्वमा मन्त्र पढ्दै आनिहरु

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना संक्रमणका कारण कार्यक्रमको आवश्यक व्यवस्थापनका लागि बैठक बस्न कठिनाई भए पनि सोचेअनुरुप कार्यक्रम सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिए ।

यस्तै कार्यक्रममा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै तोक्पे गोला समाजको महासचिव दावा साङ्वु शेर्पाले आफ्ना मन्तव्य राखेका थिए । आफ्नो परम्परागत संस्कृति र पर्यटकीय क्षेत्रको विकासमा लागि पर्नुपर्ने उनको भनाइ छ ।

सो कार्यक्रममा १५० जनाको हाराहारीमा विभिन्न सम्प्रदाय (राई, भोटे, क्षेत्रि, शेर्पा) का व्यक्तिहरु उपस्थित भएका थिए । उनीहरुले बुद्वको धार्मिक तिर्थास्थल नमोबुद्वको पुरै परिसर परिक्रमा गर्नुका साथै विभिन्न संस्कृतिक नाचँगान गरेर मनोरञ्जन लिँदै नयाँ वर्षको भव्य रुपमा स्वागत गरेका छन् । वनभोज कार्यक्रमका लागि दुईवटा बसको व्यवस्था गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको