May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

नयाँ वर्षमा प्रचण्डको शुभकामना,नयाँ सरकार गठन अपरिहार्य

  • 16
    Shares

काठमाडौं, १ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सम्पूर्ण जनतालाई नयाँ वर्ष २०७८ सालकाे शुभकामना व्यक्त गरेका छन् । देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पुरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको बताएका छन् ।

आज (बुधबार) नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टी बीचको एकतालाई प्रतिगामी प्रतिक्रियावादीहरुले षडयन्त्रमूलक ढंगले विभाजन गरेको पनि दाबी गरेका छन् ।

उनले प्रतिगामी प्रतिक्रियावादीको त्यस प्रकारको षडयन्त्रलाई निस्तेज गर्न कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यवद्धताका लागि अपील समेत गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको