May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

सिरहामा व्यापक अनियमिमता भएको भन्दै नगरपालिकामा तालाबन्दी

file photo

लहान, सिरहाको कल्याणपुर नगरपालिकामा व्यापक अनियमिमता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले तालाबन्दी गरेका छन् ।

नगरपालिकाका कार्यबाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आज नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

वडाध्यक्षका अनुसार नगरसभाले पारित गरेको योजनासमेत कार्यपालिका बैठक बिनानै आफ्नै मनोमानी तरिकाले परिवर्तन गरी कार्यबाहक नगरप्रमुख रोहिणीकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासको मिलेमतोमा व्यापक अनियमितता भएकाले तालाबन्दी गरेको हो ।

कल्याणपुर नगरपालिकाका नौ जना वडाध्यक्ष तथा आठ जना कार्यपालिका सदस्यले सामूहिक रुपमा ११ सुत्रीय माग अघि सार्दै नगरपालिकामा तालाबन्दी गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको