April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

वीरगन्जको नारायणी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु 

वीरगन्ज, वीरगन्जको नारायणी अस्पतालमा मंगलबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाराको जितपुर–सिमरा उपमहानगरपालिका–९ छातापिपरा निवासी ३७ वर्षीय र वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोजरोशन दासले बताएका छन् ।


बिहान साढे ३ बजे मृत्यु भएका ३७ वर्षीय युवक होलीको दुई दिनअगाडि भारतको हैदराबादबाट घर फर्किएका थिए । ज्वरो र रुघा–खोकीले ग्रस्त भएपछि चैत २६ मा उनी वीरगन्जको एड्भान्स मेडिकेयर हस्पिटल भर्ना भएका थिए ।

कोरोना संक्रमण पुष्टि भएपछि चैत ३० को मध्यराति उनलाई नारायणी अस्पताल लगिएको थियो । यस्तै मंगलबार बिहान ८ बजेर २० मिनेटमा मृत्यु भएका ६२ वर्षीय पुरुष गत आइतबार अस्पताल भर्ना भएका थिए ।




शीर्ष समाचार

धेरै पढिएको