May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

अर्घाखाँचीमा पहिरो प्रभावित दलित परिवारलाई बाख्रा वितरण

  • 23
    Shares

अर्घाखाँची, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन प्रतिघर तीन वटा बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

एक समारोहबीच प्रदेश सांसद रामजीप्रसाद घिमिरे र नगर प्रमुख कमलप्रसाद भुसालले बाख्रा हस्तान्तरण गरेका हुन् । सोही अवसरमा सांसद घिमिरेले कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार सिर्जना गर्न मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको बताएका छन् ।

नगर प्रमुख भुसालले कृषि र पशुपालनको विकास विना देशको समृद्धि नहुने भन्दै गरिबी वितरण गरिएका बाख्राहरु राम्रोसँग पालनपोषण गरेर राम्रो आम्दानी लिन आग्रह गरे ।

शीर्ष समाचार

धेरै पढिएको