May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

कोरोना संक्रमण बढे पनि तत्काल कुनै क्षेत्र बन्द नहुने

  • 13
    Shares

काठमाडौं, कोरोनाको सङ्क्रमण बढे पनि तत्काललाई कुनै पनि क्षेत्र बन्द नहुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि भने स्वास्थ्यका नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय भएको छ ।

आज नयाँ मापदण्ड सार्वजनिक गर्ने सरकारको तयारी छ । यसअघि कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले बालबालिकामा कोरोनाको सङ्क्रमण बढेको भन्दै केही समयका लागि विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको