March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

सरकारले आज जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्दै

काठमाडौं, कोरोना महामारीको दोस्रो लहर फैलिएको निश्कर्ष निकाल्दै सरकारले आज जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवं सीसीएमसी संयोजक इश्वर पोखरेलले सरकारका तर्फबाट आज सार्वजनिक अपिलसहित मापदण्ड जारी गर्दै छन् । सार्वजनिक संचारमाध्यममार्फत आज देशबासीलाई मापदण्डको पालनाबारे अपिल गर्ने भएको हो ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सरकारका प्रवक्ता पार्वत गुरुङले पनि उपप्रधानमन्त्री पोखरेलसँगै देशवासीलाई मापदण्ड पालनाको लागि संयुक्तरुपमा अपिल गर्ने तयारी भएको छ ।

यूके भेरिएन्ट फैलिएको र जोखिम बढेको परिस्थिती आंकलनसहितको छलफल हिजोको मन्त्रिपरिषद्मा भएको थियो । तर, तत्काल लकडाउन र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द गर्ने तयारीमा सरकार देखिएको छैन ।

आज नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशवासीलाई अपिल गरिने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको