April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

आज २०७७ सालको अन्तिम दिन हेर्नुहोस तपाइँको राशिफल, चैत ३१ गते, मंगलबार

काठमाडौं, आज मिति २०७७ चैत ३१ गते मंगलबार, इस्वीसंवत अप्रिल १३ तारिक सन् २०२१ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ४९ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर २७ मिनेटमा हुनेछ ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज समय शुभ छ । सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्य फाइदा हुनेछ । सुखद् समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ ।

वृष : वृष राशि भएकाहरूका लागि आज समय खराब रहनेछ । धार्मिक वा सांस्कृतिक महत्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भए पनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ ।

मिथुन : आज मिथुन राशि भएकाहरूका लागि समय शुभ छ । प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ ।

कर्कट : आज कर्कट राशिका लागि आज पनि समय मध्यम खालको छ । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् ।

सिंह : आज सिंह राशि भएकाहरूका लागि आज समय शुभ छैन । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ । मानसम्मानमा आघात पुग्न सक्छ । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय शुभ छ । पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज शुभ छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ ।

धनु : धनु राशिका लागि आज समय भरोषा गर्न योग्य छैन । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट खासै लाभ पाउन सकिंदैन । लामो समयदेखि काम बन्न नसकेकाले मनमा निराशा र वैराग्यका भावना टुसाउन सक्छन् । यद्यपि सामाजिक दायित्व बढ्नेछ ।

मकर : मकर राशि भएकाहरूका लागि आज समय शुभ छैन । काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ला । परदेश वा दूरदराजका क्षेत्रबाट लाभ लिन सकिने छ । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट पनि सचेत हुनुपर्छ ।

कुम्भ : कुम्भ राशिका लागि आज समय शुभ छ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जा“गर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ ।

मीन : मीन राशि भएकाहरूका लागि आज समय उपयुक्त छैन । आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको