May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

शान्तिको लागि पशुपतिमा वत्सलेश्वरी जात्रा

  • 4
    Shares

काठमाडौं, मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्रा आइतबार रातिबाट शुरु भएको छ ।

पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलका अनुसार आर्यघाट जाने बाटोमा वत्सलेश्वरी मन्दिर परिसरबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको छ ।

चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ । यसअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्धार पूजा सम्पन्न गरिएको थियो ।

पूजा सम्पन्न गरी आइतबार बिहान ७ बजेदेखि बज्रेश्वरी जात्रा शुरु गरिएको थियो । बज्रेश्वरी अर्थात् पिङगलास्थानको जात्रा आइतबार बेलुकीसम्म मनाइएको छ ।

बज्रेश्वरी जात्रा समापन हुने वित्तिकै वत्सलेश्वरीको जात्रा शुरु भएको हो । वत्सलेश्वरी जात्रा भने आइतबारदेखि तीन दिनसम्म मनाइन्छ । चैत्र शुक्ल द्वितीयाका दिन अर्थात् मङ्गलबार सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको