May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

चक्रपथ बाहिरको सडक निर्माण कार्यलाई प्राथमिकता

  • 15
    Shares

काठमाडौं, डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ ।

काठमाडौँ जिल्लाबाट अन्य जिल्लासम्म जोडिने स्थानमा पनि निर्माणको काम भइरहेको छ । तीमध्ये कतिपय नयाँ निर्माण र कतिपय पुनःस्थापनाको काम भएको कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्ला नजिकै पर्ने भोटेचौर, जर्सिङपौवामा सडक निर्माण भइरहेको कार्यालयका प्रमुख कुबेर नेपालीले बताएका छन् ।

उनका अनुसार अहिले काभ्रेस्थली जाने सडकको निर्माण भइरहेको छ । चक्रपथ बाहिरका क्षत्रेमा बूढानीलकण्ठबाट डाडाँगाउँ, भङ्गाल र कपन क्षेत्रमा भइरहेको छ । उनले भने, “यीमध्ये धेरै ठाउँमा नयाँ बनाउने नै काम भइरहेको छ ।”

चालू आवमा नै बूढानीलकण्ठ सडकको पुनःस्थापनाको गरिने उनले बताए । यो सडकमा अहिले नेपाल विद्युत् प्राधिकरणले विद्युतीय तार भूमिगत गरिरहेको छ । उनले भने, “प्राधिकरणले तार भूमिगत गरेर खाल्टा टालेपछि त्यहाँ निर्माणको प्रक्रिया अघि बढाइनेछ ।”

शीर्ष समाचार

धेरै पढिएको