April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

गोंगबुको गेष्ट हाउसमा पुरुषको शव फेला

काठमाडौं, काठमााडौंको गोंगबुस्थित एक गेष्ट हाउसमा पुरुषको शव फेला परेको छ । गए राति मित्रनगरमा एक गेष्ट हाउसमा स्याङ्जा पुरानो घर भएका हाल नवलपरासी बस्दै आएका नारायण घर्ती मगरको शव भेटिएको प्रहरीले जनाएको छ ।

घर्तीको शवलाई पोस्टमार्टमको लागि टिचिङ अस्पतालमा राखिएको छ । उनको नागरिकताको आधारमा पहिचान खुलेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानको लागि घर्तीसँगै होटलमा बसेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको