May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

सय देशको झण्डा बोकेर एकताको अभियानमा कार्कीको मेचिकाली पैदल यात्रा

  • 44
    Shares

काठमाडौं, दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका-३ का अभिनय कार्कीले पुर्व मेची देखि पश्चिम महाकाली एक्लै पैदल यात्रा गरेका छन् ।

उनले गत फागुन ६ गते झापाको मेची पुलबाट आफ्नो जन्मदिनको अवसर पारेर “विश्वभर सुख, शान्ति, समृद्ध र राष्ट्रिय एकताको कामना” सहित सय भन्दा बढी देशहरुको राष्ट्रिय झण्डा बोकेर पुर्व मेची देखि पश्चिम महाकाली एक्लै पैदल हिडेर पुग्ने लक्ष्य सहित सुरु गरेको आफ्नो एकल पैदल यात्रा सफलताको साथ पुरा गरेका हुन् ।

यात्रा सुरु गरेको ३७ औं दिन शुक्रबार ९:३० बजे कञ्चनपुरको गड्डा चौकी स्थित नेपालभारत सिमा स्तब्ध ८०५ -१(७) मा पुगेर यात्रा सम्पन्न गरेको उनले बताएका छन् । करिब २ महिना लाग्ने अनुमान गरेका उनले ३७औं दिनमा पूरा गरेकाे समेत उनले बताए ।

साथै उनी शुक्रबार कञ्चनपुरको गड्डाबाट काठमाडौं फर्किएका छन् । साथै उनले सो कार्यमा सहयोगी व्यक्तिहरु प्रती आभार समेत व्यक्त गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको