May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

गरिब पहिचान गरी गरिब लक्षित कार्यक्रम ल्याउने तयारीमा सरकार

  • 12
    Shares

स्याङ्जा, कृषि तथ पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले सरकारले गरिब लक्षित कार्यक्रम ल्याउने बताएकी छिन् । शुक्रबार वालिङमा अदुवा खेती पैँचो कार्यक्रमअन्तर्गत बीउ वितरण तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री अर्यालले सरकार गरिब पहिचान गरी गरिब लक्षित कार्यक्रम ल्याउने तयारीमा रहेको बताइन् ।

पकेट क्षेत्र घोषणा गरी पशुपालन, तरकारी तथा फलफूल खेती, नगदे बाली लगाउन सकिने उहाँको भनाइ थियो । उद्यम गर्न चाहने जोकोहीलाई पनि सरकारले प्राविधिक सहयोगदेखि अन्य अनुदानका कार्यक्रम सञ्चालन गर्दै आइरहेको भन्दै व्यावसायिक खेती प्रणालीमा लाग्नुपर्ने उनले बताइन् ।

विभिन्न स्थानमा सङ्कलन केन्द्र स्थापना गरी कृषकका कृषि उपजको बजारीकरणका लागि सरकारले समन्वय गर्ने बताइन् । उनले पायक पर्ने स्थानमा सङ्कलन केन्द्रको स्थापना गरी कृषि उपजको बजारीकरणका लागि तीन तहका सरकार रहेको बताइन् ।

शीर्ष समाचार

धेरै पढिएको