May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

अफगानिस्तानमा थप २० तालिवान लडाकू र तीन सुरक्षाकर्मीको मृत्यु

  • 4
    Shares

फैजावाद, अफगानिस्तानम थप २० जना तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिएका छन् । सरकारी सुरक्षाकर्मीहरुले चलाएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने बडाख्शान प्रान्तमा बिहीबार राती घटना भएको हो । एक सुरक्षा अधिकारीले भने, “हतियारधारी विद्रोही लडाकूहरुले शुहादा, जुर्म र वार्दोज जिल्लामा रहेका सुरक्षाचौकीमा बिहीबार मध्यरातमा आक्रमण गरेका थिए ।”

लडकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुले पनि प्रत्याक्रमण गरेको र केही समय भिडन्त भएकाले दुवै तर्फ क्षति भएको उनीहरुको भनाई छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको