April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

म्याग्दीको ४७ वटा सामुदायिक वनमा आगलागी, १२ सय हेक्टर वन क्षेत्रमा क्षति

  • 42
    Shares

काठमाडौं, वसन्तयाम शुरु भएसँगै हिमाली जिल्ला म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ ।

वनमा भएको आगलागीबाट साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । म्याग्दीमा हावाहुरीको मौसम शुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार
सामुदायिक वनमा १० हेक्टरदेखि १५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको

केही दिनअघि मात्र बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा सामुदायिक वनको ६५ हेक्टर जङ्गल आगलागीबाट सखाप भयो । सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले ४३ सुरक्षाकर्मी स्थानीयवासी परिचालन गर्यो ।

स्थानीयवासी र सुरक्षाकर्मीले दुई दिनसम्म खटिए पनि आगो निभाउन सकेनन् । आगलागीबाट सो वनका बहुमूल्य जडीबुटी, जङ्गली जनावर र वन पैदावार नष्ट भएका गौश्वाराका रत्नबम मल्लले बताएका छन् ।

यसैगरी पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी सामुदायिक वनमा आगलागी हुँदा करिब ६० हेक्टर जङ्गलमा क्षति पुगेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले निभाउन कठिन हुने गरेको कार्यालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको