April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

दक्षिण एसियाली देशहरुमा तीव्र गतिमा फैलिदै कोरोना सङंक्रमण

  • 28
    Shares

काठमाडौं, दक्षिण एसियाली देशहरुमा कोरोना भाइरसको सङंक्रमण तीव्र गतिमा फैलिरहेको छ । खास गरि भारत, बङ्गलादेश, पाकिस्तानलगायत देशहरुमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको हो ।

कोरोना सङ्क्रमणको सबैभन्दा बढी प्रभाव भारतमा परेको छ । त्यहाँ एकैदिन १ लाख १५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएसँगै नयाँ रेकर्ड कायम भएको छ । योसँगै भारतमा सङ्क्रमितको संख्या १ करोड २७ लाख ९९ हजार पुगेको छ ।

कोरोना सङ्क्रमण सुरु भएयता भारतमा पहिलोपटक एकै दिन एक लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ६ सय ३१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ६६ हजार २ सय नाघेको छ ।

यस्तै, भारतमा सबैभन्दा धेरै प्रभावित महाराष्ट्र बनेको छ । सङ्क्रमण उच्च दरमा बढेपछि महाराष्ट्रमा साँझमा कर्फ्युसमेत लगाइएको छ । धेरै सङ्क्रमण देखिएका अन्य प्रदेशमा पनि कडाइ सुरु भएको छ ।

यस्तै दक्षिण यसियाली देशहरुमध्ये बङ्गलादेशमा पनि कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेको छ । बङ्गलादेशमा पछिल्लो २४ घण्टामा ७ हजार २ सयभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् भने ६६ जनाको ज्यान गएको छ । सङ्क्रमण बढ्न थालेपछि बङ्गलादेशमा लकडाउन सुरु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको