April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

पाल्पामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • 2
    Shares

पाल्पा, पाल्पामा सोमबार राति बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाल्पा जिल्लाको तानसेन नगरपालिका-७ काजिपौवा नजिकै लु २ च ६३२ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो ।

दुर्घटना गए राति १२ बजेको समयमा भएको थियो भने जीप सडकदेखी करिब २० मिटर तल खसेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त दुर्घटनामा चालक बगनासकाली ४ का २० बर्षीय बिजय खाम्चा र रिब्दीकोट ४ का २७ बर्षीय राज थापाको तानसेनको युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएका दुवैको उपाचारका क्रममा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ भने कुखुरा बोक्ने जीप दुर्घटना भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको