April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

सिन्धुपाल्चोकमा पौडी खेल्ने क्रममा डुबेर १९ वर्षिय युवाको मृत्यु

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको सुकुटेस्थित एक रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका युवाको आइतबार साँझ मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेस्थित रिभर वई र्‍याप्टिङ एण्ड रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौं सिनामंगल बस्ने सिन्धुली फिखल गाउँपालिका २ का १९ वर्षीय सुशिल भण्डारीको मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेका उनलाई सदाबहार खाडीचौर हुँदै ईन्टरनेशनल अस्पताल कौशलटार भक्तपुरमा थप उपचारको लागि ल्याइएको थियो ।उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको