April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

उदयपुरमा आगोलागीबाट १५ लाखभन्दा बढीको क्षति

  • 1
    Share

उदयपुर, उदयपुरमा आगोलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको छ । ताप्ली गाउँपालिका–४ थान पोखरीस्थित हीरा तामाङको घरमा आगलागी हुँदा घरगोठ जलेर क्षति भई रु १५ लाखभन्दा बढीको नोक्सानी भएको हो ।

आइतबार साँझ तामाङको गोठबाट सल्केको र आगो घरमा समेत लाग्दा घरगोठ दुवै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

घरगोठ दुवै नष्ट हुँदा घरमा रहेका लत्ताकपडा अन्नपात, नगद रु २५ हजारसमेत जलेर रु १५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद दाहालले बताएका छन् ।

आइतबार बेलुकी तामाङको घरगोठमा भएको उक्त आगो प्रहरीचौकी ताप्ली रुपाटरका प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको