६१ लाख जरिवाना फैसला गरेका फरार व्यक्ति पक्राउ

काठमाडौं, अदालतले ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको फैसला गरेका व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खोटाङको विजयखर्कका बरुण ढकाललाई आइतबार नियन्त्रणमा लिएको हो ।
उनीविरुद्ध उच्चअदालत पाटनले गत पुस १५ गते ५ दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
उनले कमलाकुमारी राई र कल्पनाकुमारी राईलाई खातामा रकम नभएको चेक दिएर ठगी गरेको भन्दै बैंकिङ्ग कसुरसम्बन्धी मुद्दा परेको थियो ।
उनी अदालतको फैसलापछि पनि फरार रहँदै आएका थिए । सीआईबीकी प्रवक्ता एसपी गंगा पन्तका अनुसार उनलाई फैसला कार्यान्वयनको लागि सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।
प्रतिकृया दिनुहोस्