April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

हेटौंडामा मोटरसाइकल एकापसमा ठोक्किदा १७ वर्षीय युवाको मृत्यु

  • 9
    Shares

हेटौंडा, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्किदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार
हेटौंडा उपमहानगरपालिका–१० का निवासी उनको उपचारका क्रममा आज चितवनमा मृत्यु भएको

साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिएका छन् ।

गएराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४१प ६४३६ नंको मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्किदा उक्त दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौँडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम लामा रहेको बताइएको छ । उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ

शीर्ष समाचार

धेरै पढिएको