
बिरगंज – ठाकुरराम बहुमुखी क्याम्पस बिरगंजमा कार्यरत कार्यालय सहायक एवं केन्द्रिय प्रगतिशिल संगठनका सदस्य तथा पुर्व अध्यक्ष किशोरी प्रसाद चौधरी बुधबार बिहान ९ बजे देखि अनिश्चितकालीन प्रशासन विरुद्धमा अनशन कार्यक्रमको घोषणा गरेको छ ।
क्याम्पसमा कार्यरत चौधरी आफू र आफ्नो परिवारको बिरामीको कारण आर्थिक सन्कटमा परेको श्रीमतीको क्यान्सर रोगबाट पिडित भई स्वर्गवास भएको , आर्थिक सन्कट परेको बेला अनियमित रुपले क्वाटर भाडा र विद्युत महशुल लिने कार्य र तलबबाट कट्टा गर्ने धम्कि दिइ आफुलाई अन्याय गरेको भन्दै बाध्य भैइ आज देखि अनिश्चितकालीन अनशनमा बस्ने समेत घोषणा गरेका छन् ।
साथै चौधरीले अन्य सबै पक्ष सङ्ग सहयोगको लागि अपिल गरेका छन् । र उनले अाफुलाई कुनै किसिमको आघात हुन गएमा त्यसको सम्पुर्ण जिम्मेवारि क्यापस प्रशासन रहने समेत बताएका छन् ।





