March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले गरे तालाबन्दी

बझाङ, बझाङको दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन् ।

चौधारी माध्यमिक विद्यालयमा आईएससीएजी अध्ययनरत विद्यार्थीले शिक्षकले पढाइ नगरेको र तत्काल पढाइ सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यालय बन्द गराएका हुन् ।

लामो समयसम्म विद्यालयले आईएससीएजीका विद्यार्थीलाई शिक्षकले पढाइमा बेवास्ता गरेसँगै विद्यालय सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि पढाइ नभएको भन्दै आफूहरुले विद्यालयमा तलाबन्दी गरेका विद्यार्थीले बताएका छन् ।

विद्यार्थीले पटकपटक विद्यालयमा पढाइ निरन्तरताका लागि अनुरोध गरे पनि शिक्षक र विद्यालय प्रशासनले बेवास्ता गर्ने गरेको विद्यार्थीको भनाइ छ ।

पटकपटक शिक्षकले अटेरी गरेपछि यही चैत १६ गतेदेखि विजय खातीको संयोजकत्वमा तालाबन्दी गरिएको बताइएको छ ।

यस्तै विद्यालयमा तालाबन्दी भएपछि आईएससीएजी र कक्षा ९ तथा १० का विद्यार्थीको पठनपाठनमा बाधा भएको छ । आईएससीएजीमा २५ विद्यार्थी विद्यालयमा अध्यनरत छन् ।

शीर्ष समाचार

धेरै पढिएको