April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

गैँडा गणना गर्न गएको टोलीमाथि बाघले आक्रमण गर्दा एकको मृत्यु

  • 19
    Shares

काठमाडौं, बर्दिया राष्ट्रिय निनुञ्जमा गैँडा गणना गर्न गएको टोलीमाथि बाघले आक्रमण गर्दा एक कर्मचारीको मृत्यु भएको छ ।

आइतबार (हिजो) बेलुका ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित राष्ट्रिय निकुञ्ज भित्र गैँडा गणना गर्न गएका बेला निकुञ्जमै कार्यरत एक कर्मचारीको बाघको आक्रमणमा परी मृत्यु भएको हो ।

उनी हात्तीमाथि चढेर गैँडा गणनाको कार्यमा संलग्न रहेका थिए । तर हात्तीबाट भुईँमा झरेका बेला उनलाई बाघले आक्रमण गरेर लिएर गएको बताइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाका अनुसार उनको शव घटनास्थल भन्दा केही पर फेला परेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको