April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

नवलपरासीमा प्रहरी महानिरीक्षक शैलेशको आतिथ्यतामा कमाण्डो तालिम सम्पन्न (फोटो फिचर)

  • 51
    Shares

नवलपरासी, प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहा, नवलपरासीमा छैटौं समुहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम सम्पन्न भएको छ । सोमबार आयोजित कार्यक्रमकाबीच नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक क्षेत्रीले विषम परिस्थितिमा पनि सहजताका साथ कार्य सम्पादन गर्न गराउन यस प्रकारको शारीरिक परिश्रमको तालिम अत्यन्त फलदायी हुने र भविष्यमा आफ्नो कर्तव्य पालना गर्दा कदापी खुट्टा कमाउने कार्य नगर्न निर्देशन दिए ।

उनले प्रहरी विशेष कला तथा कारवाही प्रशिक्षार्थीहरुले प्रदर्शन गरेको डेमो अवलोकन गर्नुका साथै दिक्षित भई जाने प्रशिक्षार्थीहरुलाई कमाण्डो व्याजसमेत सुशोभन गरेका थिए ।

यस्तै, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको