April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

तपाईंको आजको राशिफल: चैत २३ गते, सोमबार

  • 13
    Shares

काठमाडौं,आज मिति २०७७ चैत २३ गते सोमबार, इस्वीसंवत अप्रिल ५ तारिक सन् २०२१ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ५२ मिनेटमा मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर २३ मिनेटमा हुनेछ ।

मेष : मेष राशि भएकाहरूका आज पनि समय खराव रहनेछ । काम गर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानी हुँने ठाउँमा शत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला ।

वृष : वृष राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । सरकारी तथा प्रशासनिक स्तरबाट आवश्यक सहयोग नपाईने हुदा समयमा कामहरु सम्पादन हुने छैनन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी हुनेछैन ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि समय तथा परिस्थिति अनुकुल रहनाले व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । उच्च अध्ययनको शिलशिलामा छोटो तथा लामो दुरीको यात्राको तय गर्न सकिनेछ ।

कर्कट : कर्कट राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायमा गरेको लगानी फस्टाएर जाने तथा आम्दानीका स्रोत बढाउन सकिनेछ ।

सिंह : सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । नीति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । शत्रुले दु:ख दिनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुने छैनन् ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय तथा स्वास्थ्य राम्रो छैन । आफन्तहरु टाढिनेछन् भने शुभचिन्तकको सहयोग तथा समर्थन पाईने छैन । राजनीति थता समाजसेवामा जनताको काम गर्दा पनि आलोचनाको सिकार हुनुपर्दा मन खिन्न हुनेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै शुभ छ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने तपाईले शुरु गरेको काममा साथ दिने तथा सहयोग गर्ने मानिसहरु भेटिनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापनका मुद्दाहरु हल भएर जानेछन् ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय खराब छ । राजनीति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुसन्धान गरि प्रस्तुत हुनुहोला किनकी प्रतिस्पर्धीहरु तपाईभन्दा बलिया हुन सक्छन् ।

धनु : धनु राशिका लागि आज पनि स्वास्थ्य सबल रहनेछ । राम्रो कम्पनीबाट नोकरीको प्रस्ताव आउन सक्छ । कामका लागि विदेश जाने सम्भावना पनि छ । आर्थिक क्षेत्रमा तपाईँका लागि मिश्रित फलदायक छ । आर्थिक क्षेत्रमा उतारचढाउ आउन सक्छन् ।

मकर : मकर राशि भएकाहरूका लागि आज पनि समय तथा स्वास्थ्य अनुकुल छैन । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानी गर्नुपर्नेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वसँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ ।

कुम्भ : कुम्भ राशिका लागि आज पनि समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, आर्थिक क्षेत्रमा तपाईँले एउटा ठूलो उपलब्धि हासेल गर्नु हुने छ । आर्थिक लाभका बलिया अवसरहरू छन् । ब्यापारमा नयाँ विचारले तपाईँलाई आर्थिक लाभ वृद्धि गर्नमा मद्दत गर्ने छन् ।

मीन : मीन राशि भएकाहरूका लागि आज समय मध्यम छ । तपाईँले आरोह अवरोहको सामना गर्नु पर्नेछ । प्रेम जीवनका लागि अनुकूल छैन । प्रेम जीवनमा चुनौतिको सामना गर्नु पर्न सक्छ । नोकरी र ब्यापारको सिलसिलामा घरबाट टाढा जानुपर्ने हुन सक्छ ।

शीर्ष समाचार

धेरै पढिएको