April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको  मूल्य बढाएको हो ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढेको छ । ‘कार्यविधि कार्यान्वयन गर्दा साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेका छौं ।

नयाँ खुद्रा बिक्री मूल्य क्रमश: पेट्रोल १ सय २० र डिजेल/मटितेल १०३/१०३ रुपैयाँ कायम गरिएको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुनेछ ।’ निगमले एलपी ग्यास र हवाई इन्धनको बिक्री मूल्य भने यथावत राखेको छ ।


मूल्य समायोजनपश्चात् पनि निगमलाई अर्धमासिक ८८ करोड घाटा रहेको जनाएको छ । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ३९ पैसा, डिजेलमा १ रुपैयाँ ९४ पैसा, एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय १८ रुपैयाँ ४७ पैसा घाटा रहेको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको