April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

महशुल नतिर्ने उद्योगीहरुलाई एक महिनाभित्र महशुल बुझाउन निर्देशन

  • 10
    Shares
file photo

काठमाडौं, सुविधा प्रयोग गरेर महशुल नतिर्ने उद्योगीहरुलाई महशुल बुझाउन प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड र ट्रंक लाइन सुविधा प्रयोग गरेर विद्युत् महसुल नतिर्ने उद्योगीहरुलाई एक महिनाभित्र रकम बुझाउन सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकले निर्देशन दिएको हो ।

बैठकमा सांसद प्रदीप यादवले लोडसेडिङको समयमा पनि २४ सै घण्टा उद्योगी, व्यापारीले विद्युत् आपूर्ति गरेको बताउदै भुक्तानी नगर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् । विभिन्न शक्तिको आडमा उद्योगीहरुले महशुल नतिरको बताउदै १० अर्वको व्याज सहित तिराउनुपर्ने र नमाने हत्कडी लगाउनुपर्ने बताए ।

शीर्ष समाचार

धेरै पढिएको