March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

आजको मौसम पुर्वानुमान: मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, अहिले देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पुर्वानुमान महाशाखा विभागले जनाएको छ ।

आज प्रदेश १, बागमती र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ का पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको