April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

गोरखामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते

  • 1
    Share

सुलिकोट, गोरखाको बारपाक सुलिकोट गाउँपालिका बारपाकमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ भएकी उक्त दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सुलिकोट ४ को राङरुङमा शनिबार साँझ ६ बजे ना ५ च ३२९८ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार हाल दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुल्न सकेको छैन । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।


बारपाकमा भ्रमण गरेर फर्केका लमजुङका यात्रु चढेको जीप सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटना भएको गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको