April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

सुर्खेतमा घाँस काट्न गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला

  • 24
    Shares
सांकेतिक तस्वीर

सुर्खेत, पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । उनीहरु घाँस काट्न गएको बताइएको छ । बाबियाचौरमा बस्दै आएका उनीहरु झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

१४ र १५ वर्षीय किशोरी दिदीबहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।

उनका अनुसार उनीहरु बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका थिए । त्यहीँ ११ बजे झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए ।

दुवै जना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए । शवलाई पोष्टमार्टमको लागि प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । सभार दृष्टि

शीर्ष समाचार

धेरै पढिएको