April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

कैलालीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

  • 13
    Shares

टीकापुर, कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । इलाका प्रहरी कायालय टीकापुरका अनुसार शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिएका छन् । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

पछिल्लो समय वन जङ्गलभित्र र आसपासका क्षेत्रमा जङ्गली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरीका अनुसार वन जङ्गल विनास हुँदा वन्यजन्तुको आहाराको अभावले जङ्गली जनावर जङ्गल बाहिर निस्कने, जङ्गलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको छ ।

शीर्ष समाचार

धेरै पढिएको