April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

यस्तो छ आगामी तीन दिनको मौसम पुर्वानुमान

  • 7
    Shares

काठमाडौं, अहिले देशमा स्थानीय वायुको सामान्य प्रभावका कारण पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यातय सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

यस्तै राति भने वर्षाको सम्भावना देखिएको छैन ।
तर महाशाखाले आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन आग्रहसमेत गरेको छ ।

यस्तो छ, सोमबार रातिसम्मको मौसम अनुमान:

चैत २१ गते, शनिबार

दिउँसो : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

चैत २२ गते, आइतबार

दिउँसो : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

चैत २३ गते, सोमबार

दिउँसो : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

शीर्ष समाचार

धेरै पढिएको