April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

राष्ट्रको गौरवका विषयलाई मुख्य समाचार बनाउन आग्रह

  • 1
    Share

काठमाडौं, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रको गौरवका विषयलाई मुख्य समाचार बनाएर अन्तराष्ट्रिय समुदायसम्म पुर्‍याउन सञ्चार जगतले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

शुक्रवार सातौँ अधिवेशनबाट निर्वाचन संसदीय मामिला पत्रकार समाजको नयाँ कार्यसमितिलाई शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण समारोहमा  उनले सकारात्क विषयलाई केन्द्रमा राखेर पत्रकारले कलम चलाउनुपर्ने बताएका हुन् ।

संसद् सचिवालयका महासचिव भरतराज गौतमले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिदैँ नयाँलाई कार्यकाल सफलताको शुभकामना दिएका छन् । समाजका नव निर्वाचित अध्यक्ष सञ्जिव बगालेले संसदीय समाचार सङ्कलनका क्रममा भएका समस्यालाई सामुहिक रुपमा समाधान गर्नका लागि आफ्नो नेतृत्व सधै तयार रहने प्रतिबद्धता जनाए ।

यहीँ चैत १४ गते भएको निर्वाचनमा बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो । समाजका उपसभापतिमा डीपी उपाध्याय र तुलसी सापकोटा, महासचिव विष्णु खड्का, सचिव जयसिंह महरा र दीपेश श्रेष्ठ तथा कोषाध्यक्षमा सिर्जना घिमिलेलाई चयन गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको