April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानी वितरणको उद्घाटन

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडाैं उपत्यकामा वितरण गरिने मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन गरेकी छन् । भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले शुक्रबार मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन् ।

आजबाटै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर पानी वितरण सुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा शुक्रबार बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ ।

लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यका अनुसार शुक्रबारदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुनेछ । अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ ।

लिमिटेडले पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको शाक्यले बताएका छन् । उनका अनुसार महाराजगञ्ज पोखरीमा बिहीबारदेखि नै पानी पठाउन थालिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको